बालुवाटारमा ओली–प्रचण्डबीच छलफल
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार ११:१८:२१
१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल भएको छ । प्रमुख तीन दलका शीर्ष नेताको छलफल सकिए लगत्तै ओली बालुवाटर पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा संसद अवरोध खुलाउने र कोशी प्रदेश सरकार विस्तारबारे छलफल भएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर गत बिहिबार प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्ने गरी स्थगित भएको थियो । बिहिबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनबारे सत्ता गठबन्धनको शीर्ष नेताहरूसँग छलफल गरेका छन् । कोशी सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीको नेता माधव कुमार नेपाल लगायतका नेता बिहानै बालुवाटार पुगेका थिए । देउवा र नेपाल बालुवाटारबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार