लुम्बिनीपछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बर्दियामा एक अर्बको ‘स्काई ब्रिज’ बनाइने
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १३:३६:३६
१४ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकालाई लुम्बिनी प्रदेश पछिको दोस्रो पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
शनिबार ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदेशस्तरीय अनुभव आदानप्रदान एवं पैरवी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकारको लागानीमा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जोड्ने गरी नेपालको सबैभन्दा लामो ‘स्काई ब्रिज’ निर्माण गरिने भएको छ । हात्तीसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेश सरकारले स्काई ब्रिज निर्माण उक्त कार्यक्रममा बताइएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले पूर्वाधार विकासमा हरेक क्षेत्रबाट पछाडि परेको बर्दिया जिल्ला स्काई ब्रिजको निर्माण पछि आन्तरिक तथा वाह्य पर्यटकहरुको सङ्ख्या उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताए ।
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन तथा दुई पालिकालाई प्रत्यक्ष रुपमा जोड्नका लागि ब्रिज बनाउन लागिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । यस्तै मुख्यमन्त्री चौधरीले प्रदेशमा गाउँघरमा बनाइने लोकल जाँड रक्सीको ब्रान्डिङ गरेर बिक्री गरी जनजाति समुदायको आयआर्जनमा सहयोग पुर्याउने बताएका छन् ।
पछिल्ला वर्षमा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको बर्दियामा घाँस, दाउराका लागि वन जङ्गलमा आश्रित परिवारलाई ग्यास तथा विद्युतीय चुलो दिन प्रदेश सरकारले बजेट छुट्याउने मुख्यमन्त्री चौधरीले बताए ।
नगरपालिका प्रमुख तिलकराम लम्सालको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस मुख्य सचेतक जन्मजय तिमिल्सिना, लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु तथा लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष डाक्टर नहकुल के.सी.को विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिका उपप्रमुख विना कुमारी भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन भने, कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा गरेका गतिविधि तथा काम गर्दा भैरहेको कठिनाईको विषयमा प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले कार्यपत्र पेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार