लुम्बिनी सरकारले आयआर्जनका योजना बनाएर आए बजेटको अभाव हुन नदिने
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १७:४७:५९
१४ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आयआर्जनका योजना बनाएर आए प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताएका छन् ।
नेपाल महिला संघ दाङले आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले विभिन्न समुदायलाई लक्षित गरी प्रदेश सरकारले बजेटको व्यवस्था गरेकाले त्यसै अनुरुप योजना लिएर आउन महिला तथा युवाहरुलाई आग्रह गरेका हुन् ।
थारु, दलित, बादी, जनजातिलगायतका समुदायको आय स्तर बृद्धिका लागि बजेट डिजाइन गरेको बताउदै चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रम ल्याउन महिलाहरुलाई आह्वान गरे ।
१ अर्ब बजेट महिलाहरुको आयआर्जनका लागि छुट्याएकाले महिलाहरुलाई घरघरमा उत्पादनका कार्यक्रम ल्याउन सुझाव दिए। यसअघि धेरैजसो बजेट सडकमा खर्च हुने गरेको भन्दै मुख्यमन्त्री चौधरीले उद्यमशीलतामा जोड दिन महिलालाई प्रोत्साहन गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार