बर्दिया कांग्रेसले जनप्रतिनिधिसहित १५ जनालाई सोध्यो स्पष्टीकरण
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:४०:१८
•दीपक शर्मा
१५ साउन, बर्दिया । बर्दिया बहुमुखी क्याम्पस लक्षणाको व्यवस्थापन समितिको निर्वाचनमा विपक्षी टिमलाई सहयोग गरेको भन्दै नेपाली कांग्रेस अनुशासन समिति बर्दियाले १५ जनालाई स्पष्टीकरण सोधेको छ ।
क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनमा लोकतन्त्रिक उम्मेदवारलाई हराउनुको लागि महत्वपूर्ण भुमिका खेलेकाे भन्दै बाँसगढी नगर कार्य समितिको सिफारिसमा नेता , जनप्रतिनिधि र कार्यकर्तासहित १५ जनालाई स्पष्टीकरण सोधिएको नेपाली कांग्रेस बर्दियाका अनुशासन समितिका संयोजक जग्गा प्रसाद पाण्डेले बताए ।
क्याम्पसको निर्वाचनमा प्रतिपक्ष उम्मेदवारलाई जिताउनमा महत्वपूर्ण भुमिका खेलेको पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनुको लागी महत्वपूर्ण भुमिका खेलेको प्रमाण फेला परेको हुदा स्पष्टीकरण सोधिएको बताइएको छ । स्पष्टीकरण पत्रमा चित्त बुझ्दो जवाफ नआएमा कार्वाही गरिने नेपाली कांग्रेस बर्दियाले जनाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर ओलीलाई पराजित गर्दै बाम गठबन्धनका उम्मेदवार सुन्दर ढकाल विजयी भएका थिए । उनि नेकपा एमालेका उम्मेदवार रहेका थिए । नेपाली कांग्रेस बाँसगढी नगरपालिकाका नगर सचिव ओम प्रकाश पौडेलले उम्मेदवार छनौट कार्यदलले गरेको निर्णयलाई असहयोग गरेको हुँदा छनौट समिति र नगर समितिले जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार