कोशीमा कांग्रेसलाई अलग राखेर सरकार बनाउने कसरत
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:५०:३८
१५ साउन, काठमाडौं । बहुमतसहित सरकारको दावी गर्न एक दिनको समय बाँकी रहेका बेला कोशी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल कायमै छ । केन्द्रमा सत्ता गठबन्धनबीच नै कुरुा मिलिरहेको छैन् । नेपाली कांग्रेस राप्रपालाई मनाएर आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा छ भने माओवादी लगायतका दलहरु कांग्रेसलाई बाहिर राखेर बामपन्थी नेतृतवमा सरकार बनाउने कसरतमा लागेका छन् ।
सत्तारुढ दलबीचमा कसको नेतृत्वमा कसरी सरकार बनाउने भन्नेमा सहमति नजुट्ने भएपछि नेकपा माओवादीका केही नेताहरु एमालेसँग मिलेर गैर कांग्रेस सरकार बनाउने भित्रि रणनीतिमा जुटेका छन् । सबै दललाई कोशीमा सरकार बनाउन जटिल बन्दै गएको छ । प्रदेश प्रमुखले मंगलबार साँझ ५ बजेभित्र दाबी पेस गरिसक्नु पर्ने समय तोके पनि दलहरुको प्रयास सार्थक बन्न सकेको छैन ।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम सरकार गठनमा दाबी पेस गर्न प्रमुख राजनीति दलहरुलाई आह्वान गरेका छन् । यो धारामा दुई वा दुईभन्दा बढी दलले बहुमत पु¥याएर सरकार गठनको लागि दाबी पेस गर्नुपर्ने व्यवस्था छ । तर, अघिल्लोपटक सभामुखसमेतको हस्ताक्षर पेस गरी गठन भएको सरकारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि कसरी बहुमत पुर्याएर दाबी गर्ने भन्नेमा सत्ता गठबन्धन अन्योलमा छ ।
गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बहुमत पुर्याउने विधिको विषयमा केन्द्रीयस्तरमै छलफलमा छन् । तर, के कसरी यो सम्भव गर्ने भन्ने निक्र्योलमा भने पुगिसकेको अवस्था छैन । यसैलाई टेकेर कोशी प्रदेशमा सरकार गठनका लागि माओवादीको एउटा समूह सर्वदलीय सरकारको प्रयासमा जुटेको छ । कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत दाबी गर्ने तयारीमा रहेको सत्ता गठबन्धनलाई माओवादीभित्रैबाट काउन्टर दिनेकाम भएको छ ।
माओवादी नेता वर्षमान पुनले सर्वदलीय सरकार गठन नभएसम्म कोशीमा मध्यावधि नटर्ने भन्दै आन्तरिक र बाह्य छलफल सुरु गरेका छन् । सभामुखले राजीनामा दिएर सत्ता गठबन्धनको सरकार बने पनि यो दिगो हुन नसक्ने उनको निष्कर्ष छ । वर्षमान निकट स्रोतका अनुसार कोशी प्रदेशको स्थायित्वका लागि सर्वदलीय सरकार आवश्यक छ । सकेसम्म वामपन्थी नेतृत्वमा बन्दा त्यो दिगो हुन्छ ।’
वामपन्थीको नेतृत्वमा कोशीमा प्रदेश सरकार गठन गर्नुपर्ने विषयमा उनले अध्यक्ष प्रचण्डसँग पनि लविङ गरिरहेका छन् । कोशीका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि पुनको भेटघाट भएको बुझिएको छ । एमाले संसदीय दलका नेता कार्कीले पनि सर्वदलीय सरकारको कुरा उठाउँदै आएका छन् । उनले असार १४ गतेको कोशी प्रदेशसभाको बैठकमा सर्वदलीय सरकारका लागि आह्वान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार