राजनीति सबै नीतिको मुहान भएकाले यसलाई सफा राख्नुपर्छः ओली
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १७:१२:४१
१५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिको मुहानमा नै धमिलो मिसिन थालेको बताएको छन् । सबै नीतिको मुल नीति राजनीति भएपनि यसमा दुर्गन्ध मिसिन लागेको उनको भनाइ छ । सोमबार आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा उनले केही राम्रा मान्छे पनि राजनीतिमा लागेपछि बिग्रिएको बताए ।
यद्यपि सबै नेता नबिग्रिएको ओलीले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँट छल र धोखाधडीवाला नीति नभएको बताए । ‘राजनीतिमा यस्तो त भइहाल्छ नि ! भन्ने चलन छ आज भोलि । नहुनुपर्ने कुरा राजनीतिमा पनि हुनुहुँदैन’, ओलीले भने, ‘अपवित्र पनि पवित्र हुने राजनीतिमा हुँदैन ।’ उनले सबै नीतिहरूको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुने बताए ।
अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताए । अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उनले अरस्तुको कथा सुनाएका थिए । अरस्तुको दुई वटा श्रीमती रहेछन्, एउटी जेठी, अर्की कान्छी श्रीमती । २१ वर्षदेखि ३१ वर्षमा मात्रै बुद्धि बंगारो पलाउँछ । तर बुढाले कान्छी श्रीमती २० वर्षकी ल्याएछन् । अरस्तु जेमा पनि जिज्ञासा राख्ने, जेमा पनि बुझ्न खोज्ने । आफ्ना दाँत छामे के गरे ऐनामा हेरेर गने होलान् ३२ वटा छन् । महिलाका दाँत कतिवटा हुन्छन् भनेर उनलाई गन्न र हेर्न मन लाग्यो । अनि ए कान्छी यहाँ आउत भनेर दाँत गने २८ वटामात्र छन् । अनि बुढाले लेखिहाले महिलाका दाँत २८ वटा भनेर ।’
उनले राजनीति भ्रष्ट, छुल्याहा नीति नभएको बताए । राजनीतिमा अपवित्र पवित्र हुने, बेठिकको ठीक नहुने बताए । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्नु नहुने उनको भनाइ छ । ‘सबै मुहान फोहोर छैनन्, उनले भने, कतिपय नेता बिग्रिए भन्नुपर्यो । बिग्रिएकाले अरू पनि म जस्तै भनेर कराए । सबै नेता बिग्रिएका हुँदैनन् ।’ ओलीले नेपालमा अब महिलाहरूको ३३ प्रतिशतको लडाइँ सकिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार