प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार ११:५१:२२
१६ साउन, काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकले नयाँ प्रधानन्यायाधिश नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण यही साउन २० गते नियमित अवकाशमा जाँदैछन् । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उनी गत असार १ गते प्रधानन्यायाधीश नियुक्ति भएका थिए । दलहरूबीच लामो समय सहमति जुटन नसक्दा कार्की १६ महिना बढी कायममुकायम (कामु) प्रन्या रहेका थिए ।
गएकाे असार १९ मा नै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बोलाउन ढिलाइ भएको हो । सर्वाेच्च अदालतमा ३ वर्ष पूरा न्यायाधीश भएका न्यायाधीशहरू प्रन्या नियुक्तिका लागि याेग्य हुने व्यवस्था छ । तर, हालसम्म सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । परिषद् सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ । पदेन सदस्य रहने कानून मन्त्री धनराज गुरुङ हाल देशबाहिर छन् ।
बैठकले रोलक्रममा आधारमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निश्चितप्रायः छ ।
यसैबीच प्रन्या कार्कीको कार्यकाल सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश नियु्क्तिबिनै सकिने भएको छ । नियुक्तिलगत्तैदेखि नियुक्तका लागि उनले पटकपटक न्यायपरिषद्को बैठक बोलाएपनि निर्णय गराउन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार