अझै सुरु भएन प्रतिनिधिसभा बैठक, कार्य व्यवस्था बैठकमा के भए छलफल ?
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १३:४९:२८
१६ साउन, काठमाडौं । आज अपरान्ह १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन प्रकरणमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान राखेका कारण दलहरुबीच बैठक संचालन गर्नेबारे सहमति जुटन नसक्दा बैठक बस्न नसकेको हो ।
बैठकअघि सहमति जुटाउन सुभामुख देवराज घिमिरेले राखेको कार्य व्यवस्था समितिको बैठकमा एमालेले बैठक चल्न दिनेबारे केही लचिलो प्रस्ताव ल्याएको छ । तर सरकार पक्षले भने लचिलो बन्दै एमालेले अघि सारेको छानबिनका लागि विशेष समिति बैठक बोलाउने प्रस्तावप्रति मौन बसेको छ ।
कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकमा एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्तावमा सरकार पक्ष सहमत भए बैठक चल्न दिने जनाएको छ । एमालेकै कारण हिजो सोमबार बैठक बस्दै नबसी सूचना टाँस गरी आज बस्ने गरी सारिएको थियो ।
विशेष समितिको बैठक बोलाउन समेत सरकार पक्ष तयार नभए आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० केजीभन्दा सुन भन्सार चेकजाँचबाट तस्कारले सजिलै छिराएको भनिएको घटनामा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले निरन्तर बैठक अवरुद्ध पार्दैै आइरहेको छ । सरकारले भने घटनामाथि भन्सार कार्यालय र सीआईबीले केही अभियुक्त पक्राउ परी अनुसन्धान गरिरहेको अवस्थामा संसदीय समिति बनाउन आवश्यक नरहेको तर्क गर्दै आइरहेको छ ।
सोमबारसम्म पनि एमाले संसदीय छानबिन समिति गठन नै अन्तिम बटमलाइन रहेको बताउँदै आएकामा आज केही हदसम्म लचिलो बनेको संकेत मिलेको छ । उसले विशेष समितिको बैठकमा सुन प्रकरणमा छानबिन गर्न अनुसन्धान समिति बनाउन प्रस्ताव गर्ने तयारी गरेको छ ।
यसअघि पनि एमालेले प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर पटकपटक संसद बैठक अवरुद्ध पारेको थियो । पछि प्रचण्डले रोष्ट्रमबाट सदनमा प्रष्टिकरण दिएपछि अवरोध हटेको थियो । हरेक विषयमा संसद अवरुद्ध पार्न थालेपछि एमालेको चौतर्फी आलोचना हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार