कसका कारणले पटक पटक सदनको गतिरोध लम्बियाे [ हेर्नुस भिडियो ]
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:४२:२०
१६ साउन, काठमाडौं । नेकपा एमालेका सचेतक महेश वर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका हुन् ।
उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरूको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सुचना टाँस गरेर सदन स्थगीत गर्ने पक्षमा देखिएको बताए । कार्य व्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए ।
त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले सदनमा छलफल गर्न नदिने र छानविन समिति पनि नवनाउदा सदन चल्न नसकेको बताए । उनले अव सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने र प्राविधिक पक्षलाई पनि समावेश गरेर निर्मम ढंगले छानबिन गर्नुपर्ने बताए । पौडेलले सुन प्रकरण सामान्य विषय नभएकाले सम्बन्धित पक्षले हल्का ढंगले लिन नहुने भन्दै राज्यले नै सत्य तथ्य छानबिन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले सदनमा उठेका कुराहरुलाई सम्बन्धित मन्त्रीहरूले जवाफ दिने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् । उनले राज्यका निकायहरुले सुन प्रकरणमा छानबिन गरिरहेको अवस्थामा ती निकायहरूलाई विश्वास नगरि अर्को छानबिन समिति गठन गर्न नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार