सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्ने पूर्वाधार विकास समितिको निर्णय
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १७:१६:३१
१६ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सामाखुसी खोलामा बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर (साजन) को निजको खोजी कार्य तीब्र गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले साउन ७ गते सामाखुसी खोलामा बाढीले बगाउँदा बेपत्ता भएका आले मगरको खोजी कार्य तीब्र गर्न र परिवारलाई राहत र क्षतिपूर्तिको यथोचित प्रबन्ध यथाशीघ्र गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले भौगर्भिक संवेदनशीलता नबुझी बढेका अव्यवस्थित बस्ती, नदी किनारमा बस्ती, अनियन्त्रित नदी दोहन, अव्यवस्थित निर्माण कार्य र विद्यमान भू–उपयोग ऐनको कार्यान्वयन नहुँदा यस्तो घटना दोहरिएको भन्दै यस्ता दुर्घटनाहरु हुन नदिन यथोचित कदम चाल्न भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ भने सामाखुसी खोलाको बाढीलाई अस्थायी रुपमा नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको रिंगरोड बिस्तार आयोजनालाई रिंगरोडको दायाँ बायाँ ढल निकासका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक, ढल, पूर्वाधार विकास लगायतका काम फरक फरक निकायले हेर्ने गर्दा समन्वयमा समस्या भएको भन्दै सम्बन्धित निकायलाई एकैस्थानमा ल्याउनुपर्ने बताउनुभयो । यस्ता घटना दोहरिन नदिन मन्त्रालयले गम्भीर भएर छलफल गर्ने धारणा राखे ।
त्यस्तै बैठकमा समिति सदस्यहरूले ढल निर्माण गरेर अलपत्र छाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले बर्खामा हरेक बर्ष सामाखुसीमा यस्ता घटना भइरहेको भन्दै ढल व्यवस्थापनको दीर्घकालिन समाधान खोज्नुपर्ने सुझाव दिए ।
त्यस्तै समिति सदस्य ठाकुर गैरेले बेपत्ता भएका बिधान आले मगरको तीव्रताका साथ खोजी कार्य जारी राख्नुपर्ने बताए । उनले विधान आले मगरको खोजीमा ध्यान दिनुपर्ने भन्दै अहिले नै मृत्युको घोषणा गर्न हतार गर्न नहुने उल्लेख गरे ।
काठमाडौंको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए । बेपत्ता भएको ९ दिन बित्दासमेत उनी अझै फेला पर्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार