उपराष्ट्रपति यादवले गरे ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १७:५९:५०
१६ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीमा ११० फिट अग्लो राष्ट्रिय झण्डा अनावरण गरेका छन् ।
उनले जिल्लाको मटिहानी नगरपालिका–७ स्थित तस्मैया बाबा उद्यानमा निर्मित ११० फिट अग्लो पोलमा राखिएको झण्डा आज बिहान अनावरण गरेका हुन् । अनावरणपछि उनले राष्ट्र ध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व प्रकट गरेको बताए । देशभक्त मधेश जनताको जीवन सहज बनाउन राज्यले हर तरहले सहयोग गर्नुपर्ने बताए ।
तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएको भन्दै चिन्ता समेत व्यक्त गरे । पानी नपर्दा मधेश प्रदेशका महोत्तरी, धनुषा लगायत जिल्लामा विभिन्न स्थानमा अझै धान रोपाई हुन सकेको छैन । रोपाई नहुँदा चामलको संकट निम्तिने त्रास यहाँ किसानमा परेको छ ।
झण्डा अनावरण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायत उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार