कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार २१:५५:५८
१६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको कार्कीले बताए । यसैबीच काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार