मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन हुन जरुरी
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १४:२८:५
१७ साउन, काठमाडौं । मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक भएको छ। नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था र आगामी भविष्य समावेश भएको पुस्तक सार्वजनिक भएको हो।
अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर सम्भावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल 'सिबिफिन' र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल 'सिबिफिन'ले साउन १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्यालले पुस्त सार्वजनिक गरेका हुन्। उक्त पुस्तकका लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई रहेका छन्।
विमोचन कार्यक्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारे।
मुख्यसचिव बैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र सम्भावना दुवै औँल्याइ दिएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार