बिजुली बत्तीले गाउँ झिलिमिली भएपछि स्थानीय हर्षित
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:४७:३४
♦ नृपेन्द्रबहादुर मल्ल
१७ साउन, मुगु । सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्य बोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजङ्गलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो ।
“घरमा दाउरा र दियालोको प्रयोगले परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे, अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घटनाका साथै धुँवा कम हुने भएपछि आफूहरूको आधा काम कम भएको छ जवलधारा गाउँकी झपु मल्ल भन्छिन्, “हामीले जति राम्रो र सफासुग्घर गरेपनि धुँवाले गर्दा मैला देखिन्थ्यौँ अब राम्रो र चिटिक्क देखिने भयौँ ।”
सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुलीबत्ती बलेपछि खुसी छिन् । उनी भन्छिन्, “बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो, छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वास प्रश्वास तथा अन्य समस्या देखापरेकोे थियो यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोज घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ ।”
पानीको स्रोत नै नभएका यी बस्तीमा जलविद्युतबाट गाउँ झिलिमिली भएपछि सबै हर्षित छन् । बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए ।
दियालोका कारण बालबालिकालाई कहिले पोल्ने कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो । अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीवानीमा समेत सुधार आउनाका साथै देश विदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्याल बताउँछन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोडको लागतमा गुल्माघाट जलविद्युत आयोजनाबाट ३८ किलोवाट विद्युत उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्वित भएका हुन् ।
कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत आयोजना निर्माण समितिका अध्यक्ष कमानसिँह मल्ल सुनाउँछन् । बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई मोबाइल चार्ज गर्न रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ ।
बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी हुँदै राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाही बताउँछन् । बिजुली बल्ने बित्तिकै विद्यार्थी कापीकलम समातेर पढ्न सुरु गर्छन् पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय विद्यार्थीमा थिएन शिक्षक शाहीको भनाइ थियो । गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाइ सोही नगरबाट पानी ल्याएर जलविद्युत उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ ।
उक्त विद्युत निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब रु चार करोड बजेटमा विद्युतको पोल, वाइरिङतार, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्ल जानकारी गराउछन् ।
सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्याइएको स्थानीयवासी ऐनबहादुर मल्ल बताउँछन् ।
उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत पुर्याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिमचरणमा पुर्याइएको वडा नं १ का वडाअध्यक्ष धनकर्ण मल्ल बताउँछन् ।
हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत उत्पादनसँगै करिब १२ हेक्टर खेती योग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ । पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमा समेत सुविधा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार