उच्च अदालतबाट निर्दाेष ठहर भएका लालबहादुर झुम्का कारागारबाट रिहा
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:४९:२०
१७ साउन, काठमाडौं । ठगी मुद्दामा उच्च अदालत विराटनगरले निर्दोष ठहर गरिएका सुनसरीको इटहरी–१९ फुलबारीका लालबहादुर विक झुम्का कारागारबाट रिहा भएका छन् । निर्दोष ठहर भएपछि उनी बुधबार दिउँसो सुनसरीको झुम्काबाट रिहा भएका हुन् ।
अवैध बैंक तथा वित्तीय कारोबार तथा ठगी गरेको मुद्दामा सुनसरी जिल्ला अदालतले ९ महिनादेखि झुम्कामा कैदी जीवन बिताइरहेका थिए । उनले आफू निर्दोष रहेको र थुनामुक्तका दिएका रिटमा उच्च अदालत विराटनगरका न्यायधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सफाइ दिएको थियो ।
उनलाई २०७८ पुस १९ मा सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला योङहाङको इजलासले एक वर्ष ६ महिना कैद र ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।
विकलाई रिहाइका क्रममा परिवार र अभियन्ताहरुले अबिर र खादा लगाएर स्वागत गरेका थिए । कारागार परिसरमा स्वागत गर्ने मानिसहरुको भीड लागेको थियो ।
लालबहादुर इटहरी–२० स्थित स्थानीय दीपक गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्समा मजदुर (कालीगढ)को रूपमा काम गर्ने क्रममा गजमेरले चलाएको चर्को ब्याज पाउने लोभमा पासबुक बनाएर स्थानीयसँग गरेका रकम संकलनमा संलग्नताको आरोपमा पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार