लुम्बिनी विकास बैंकको ओरालो यात्रा, खराब कर्जा आक्रामक हिसाबले बढ्दै !
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:३०:९
१८ साउन, काठमाडाैं । लुम्बिनी विकास बैंकले निराशाजनक वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासको विवरण अनुसार कम्पनीका महत्वपूर्ण सूचकहरु सबै ओरालो लागेका छन् । कम्पनीको मुनाफा सामान्य घटेको छ तर वितरणयोग्य मुनाफामा पहिरो गएको छ । प्रतिशेयर वितरणयोग्य मुनाफामा पनि गिरावट आएको छ । यसलाई शेयरधनीको कोणबाट राम्रो मानिँदैन ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ दशमलव ६८ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ प्रतिशत माथि पुगेको छ ।
बैंकमा संचालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई छन् । त्यस्तै बैंकको संचालक समितिका अन्य सदस्यमा प्रविनकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल, गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा रहेका छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ नरेशसिंह बोहरा देखि डेपुटी सीईओमा उमेश रेग्मी र सुमन आचार्य रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदन :
खुद मुनाफा:
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात १२ महिनाको अवधिमा बैंकले ६१ करोड २४ लाख बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ६३ करोड ७१ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३ दशमलव ८८ प्रतिशतको गिरावट आएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफा:
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५३ करोड खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ८७ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा २२ दशमलव ३१ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ७ दशमलव ७० प्रतिशतले घटेर ८६ करोड ९३ लाख पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ९४ करोड १९ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ११ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १९ रूपैयाँ ४० पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ६ दशमलव ६५ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ४६ करोड ३ लाख थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ दशमलव ६९ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ११ रूपैयाँ ६१ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा १४ रूपैयाँ ०२ पैसा थियो ।
निक्षेप, कर्जा:
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४९ अर्ब १३ करोड निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ७८/७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १४ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ९ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफा:
जगेडा कोष २० दशमलव २२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ३८ करोड पुगेको छ भने संचित मुनाफा १४ दशमलव ६९ प्रतिशतले घट्दै ३९ करोड २७ लाख रूपैयाँ रहेको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १८२ रुपैयाँ १७ पैसा आउँछ ।
निष्क्रिय कर्जा:
कम्पनीको खराब कर्जा ३ दशमलव ०१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ६८ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदर :
बैंकको आधार ब्याजदर केही बढ्दै १२ दशमलव ०२ प्रतिशत पुगेको छ । स्प्रेड दर ४ दशमलव ५८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेड दर ४ दशमलव २० प्रतिशत थियो ।
ठूला शेयरधनी:
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा स्याकार कम्पनी प्रा. लि. रहेको छ । बैंकमा कम्पनीको २० लाख १४ हजार ३६४ कित्ता शेयर स्वामित्व रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
जेठ १ गतेदेखि काठमाडौं महानगरभित्रका एक लाख स्वास्थ्य बिमितको कार्ड जारी हुँदै
बैशाख २१, २०८१ शुक्रबार
आज कोशी र गण्डकीका केही स्थानमा हुरीबतासको सम्भावना
बैशाख २१, २०८१ शुक्रबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार