दुर्गमका २९ विमानस्थलमा साढे १२ बजेपछि उडान गर्न राेक
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १४:१५:१९
१८ साउन, काठमाडों । प्रतिकूल मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिम न्यूनीकरण गर्न दुर्गम क्षेत्रका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान बन्द गर्ने भएको छ ।
यो नियम जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिना लागु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो नियम यही सोमबारदेखि लागू भएको यो नियम आगामी असोज १३ गतेसम्मका भएको प्राधिकरणले जनाएको छ । बन्द समयमा व्यवसायिक र चार्टर उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बाग्लुङ, दार्चुला र मेघौली विमानस्थलमा मध्यान्ह साढे १२ बजेपछि उडान गर्न निषेध गरिएको हो । त्यसअघि समय बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म भने उडान गर्न पाइनेछ । नेपालगञ्ज विमानस्थलले खराब मौसमका कारण सिमकोटको उडान रोक्दै आएको छ ।
यसअघि प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरुलाई साढे १२ बजेपछि पनि व्यवसायिक र चार्टर उडान अनुमति दिँदै आइरहेको थियो । हाल मुलुकभर रहेका ५२ वटा विमानस्थलमध्ये ३३ वटा मात्रै सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार