माओवादी केन्द्रका अधिकांश नेता विशेष महाधिवेशनको पक्षमा
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १४:५९:३२
१८ साउन, काठमाडौं । सरकारले नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको पूर्ण चाैथाे बैठकमा बोल्ने अधिकांश नेताहरुले विशेष महाधिवेशनको पक्षमा धारणा राखेका छन् ।
कमलादीस्थितप्रज्ञाभवनमा बुधबार सुरु भएको बैठकमा दुई दर्जन केन्द्रयि सदस्यहरुले धारणा राखेका छन् । त्यसमा धेरै जनाले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । पार्टी नेतृत्वको सरकारले राम्रा र जनपक्षीय काम गरिरहेको भन्दै प्रशंसा गरेपनि पार्टी कमजोर बन्दै गएको उनीहरुको तर्क थियो । विचार र कार्यदिशामा स्पष्टता नभएका कारण पार्टी पंक्ति नै अलमलमा परेको र यसबाट जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको उनीहरुले बताए ।
केन्द्रीय सदस्य जयपुरी घर्तीले पार्टीको विधान अधिवेशन भन्दा विशेष महाधिवेशन गर्नुपर्ने बताइन् । उनीभन्दा अघि र पछाडि बोल्ने अधिकांश नेताहरुले पनि विशेष महाधिवेशनको माग गरे । सरकारले गरेका राम्रा कामको प्रचार फितलो भएको भन्दै संचार विभागलाई स्रोत साधनबाट बलियो बनाउन सुझाव दिए । बुधबार बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेका राजनीतिक प्रतिवेदनमा विधान अधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव राखिएको छ ।
वैद्यबाट गएका नेता लेखनाथ न्यौपानेले पार्टी नेतृत्व सच्चिनुपर्ने बताए । ‘पार्टीलाई पार्टीजस्तो बनाउने हो भने पार्टी नेतृत्व सच्चिनु जरुरी छ । अन्यथा, कम्युनिष्ट विलय भएजस्तै माओवादी पनि सिद्धिन बेर छैन’ न्यौपानेको भनाइ उद्धृत गर्दै एक नेताले बताए । न्यौपानेले माओवादी केन्द्रले संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखेका थिए । नेता न्यौपाने अध्यक्ष प्रचण्डको कडा आलोचक मानिन्छन् ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई छोटकरीमा धारणा राख्न दिने नीति तय गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या ४०९ पुर्याउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार