बर्दियामा स्थानीयद्वारा वडा कार्यलय घेराउ
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:३:११
१८ साउन, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । आफुहरुको धानबाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरुहरुले वडा कार्यालय घेराउ गरेका हुन् ।
स्थानीयले घेराउपछि उनीहरूले वडा कार्यालयमा तालासमेत लगाएका छन्। १०-१२ बर्ष अघिबाट चलन चल्तिको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाह बढी धानबाली डुबानमा परेको स्थानीयको गुनासो छ ।
बर्खा याममा डुवान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायिक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय नरजंग शाहीले बताएका छन् । वडा अध्यक्षले समस्या समाधान गर्छु भने आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफूहरु बाध्य भएर वडा कार्यालय घेराउ गर्न आएको शाहीको भनाई छ।
यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरु सुनुवाइ नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । स्थानीयहरुले वडा कार्यालय घेराउ गरेपनि वडा अध्यक्षले आफू वडा कार्यालय आउन नसक्ने भन्दै पन्छिएको आरोप लगाएका छन् ।
यता वडाअध्यक्ष रामु थारूले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खबर आएको र न्यायिक समितिमार्फत समस्या समाधान गरिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार