ठाकुरबाबा आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु, अब उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्यो
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:१६:४३
१८ साउन, बर्दिया । ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ ।
नगर प्रमुख तिलकराम लम्सालले ज्येष्ठ नागरिक टोप बहादुर अधिकारीलाई बीमा पर्चा प्रदान गरी स्वास्थ्य बीमा सेवाको उद्घाटन गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगर प्रमुख लम्सालले स्वास्थ्य बीमाको सेवालाई झन्झटरहित र सहज बनाउँदै स्थानीयस्तरमा नै गुणस्तरीय सेवा प्रदान गरिने बताए ।
ठाकुरबाबा नगरपालिकाले जेठ १७ गते स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । बीमा सेवा प्राप्त गर्न सहज होस भनि आधारभूत नगर अस्पतालमा सेवा सुरु गरिएको नगर उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिईन् ।
बीमा कार्यक्रम लागु भएपछि नगरवासीले आधारभूत नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र १ सय ३३ थरीका औषधि पाउने छन् । यसबाहेक आधारभूत नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।
नगर अस्पतालमा बीमा कार्यक्रम लागु हुँदा ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने र स्थानीयस्तरमा उपलब्ध हुने सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने पनि उपप्रमुख भट्टराईको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार