कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा सेवाग्राहीको चाप, कर्मचारी अभाव !
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:३१:१८
१८ साउन, गण्डकी । दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय 'सवारी चालक अनुमतिपत्र' २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।
यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिए । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो ।
अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए। उनका अनुसार करार सेवामा कर्मचारी नियुक्त गर्ने विषयमा प्रदेश सरकारले अहिलेसम्म निर्णय नगर्दा अन्योलमा सिर्जना भएको छ ।
“एक त दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन सकेको छैन, अर्कातर्फ अस्थायी कर्मचारीको पनि करार थप भएको छैन”, प्रमुख केसीले भने, “यही अवस्था रहिरहे सेवा प्रवाहमा समस्या आउन सक्छ ।” पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले कर्मचारीको प्रबन्ध गर्न नसकेको उनले गुनासो गरे ।
थप पाँच÷छ जना खरिदार तथा सुब्बासरहका कर्मचारी र केही कार्यालय सहयोगी भए सेवा प्रवाहमा सहजता थपिने प्रमुख केसीले उल्लेख गरे । “हामीले धेरै माग गरेका छैनौँ, पाँच÷छ कर्मचारी सरुवा गरेर पठाइदिनुस् भनेका छौँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, उनले भने ।
सवारीतर्फका कार्यालय प्रमुख डिल्ली रिजालले कर्मचारी अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन नसकेको बताए । “यातायात कार्यालय सेवाग्राहीको चाप हुने ठाउँ हो, प्रदेश सरकारले यसतर्फ विशेष ध्यान दिएर कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “अस्थायी÷करारमा कर्मचारी नियुक्त गर्ने विषयमा छिटो निर्णय गरेमा सहज हुने थियो ।”
प्रमुख रिजालका अनुसार यहाँ दैनिक सातदेखि आठ सय सेवाग्राही दैनिक आउने गरेका छन् । एक वर्षमा एक लाख ९० हजार बढीले सेवा लिएका कार्यालयले जनाएको छ । “चैत र असार मसान्तको समयमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारले सेवा दिएको तथ्याङ्क छ”, उनले भने।
बागलुङस्थित यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले कर्मचारी अभावका कारण अतिरक्त समयमासमेत सेवा दिने गरिएको बताए । उनका अनुसार कार्यालयमा रहेका चार अस्थायी कर्मचारीको करार अवधि सकिएपछि नयाँ नियुक्ति हुन सकेको छैन । अहिले १९ जनाको दरबन्दी रहेकामा १२ कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए ।
“चारपाङ्गे सवारी चालक अनुमतिपत्रको परीक्षा पनि बागलुङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ”, थापाले भने, “सेवा थप भएसँगै कर्मचारी पनि थप गर्नुपर्ने हुन्छ ।” उनका अनुसार अहिले दैनिक तीन सय सेवाग्राही आउने गरेका छन् ।
गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले यातायात कार्यालयमा कर्मचारी अभाव रहे पनि सेवा नरोकिएको बताए । “दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा केही कठिनाई भएको छ । कर्मचारीको नियुक्ती र पदस्थापनको काम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गर्ने हो”, उनले भने, “अस्थायी नियुक्ती पनि प्रक्रियामा छ, निर्णय भएर आइसकेको छैन ।”
प्रवक्ता पौडेलले मन्त्रालयअन्तर्गतका कार्यालय र निकायमा दरबन्दी अनुसार कर्मचारी पदपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार न्यून जनशक्ति हुँदा पनि कास्कीस्थित यातायात व्यवस्था कार्यालय 'सवारी चालक अनुमतिपत्र'ले बिहानी सेवा पनि दिइरहेको छ ।
राजस्व, बायोमेट्रिक, लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बिहान ८ बजेदेखि सुरु हुने कार्यालयका सूचना अधिकारी भेषराज अधिकारीले जानकारी दिP । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले बिहानैदेखि सेवा दिन थालेको उgको भनाइ थियो । उgका अनुसार करिब ३० प्रतिशत सेवाग्राहीले दस बजेअघि नै सेवा लिइसक्छन् । घण्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ ।
राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को प्रयोगात्मक परीक्षा ‘ट्रायल’ सम्मका सेवा बिहानैदेखि सुरु गरिएको सूचना अधिकारी अधिकारीले बताए । “बिहान ८ बजेदेखि सेवामा जुटिसक्छौँ, कार्यालय खुल्दा बाहिर सेवाग्राहीकाे चहलपहल बढी सक्छ”, उनले भने, “पहिले १० बजे कार्यालय खुल्दा १२ बजेसम्म सेवाग्राहीको धेरै चाप हुन्थ्यो, अहिले १० बजे करिब ३० प्रतिशत काम भइसक्छ ।”
कार्यालयले लाइसेन्स नवीकरणका लागि अनलाइन भुक्तानी सेवा पनि सुरु जानकारी दिँदै प्रवक्ता पौडेलले यातायात कार्यालयको छवि सुधार्ने गरी व्यवस्थापनीय सुधारदेखि सेवामा स्तरीकरणको पहल थालिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार