व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १७:५३:३९
१८ साउन, चितवन । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीप कुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए । अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो ।
व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो । रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए ।
कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार