लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार ११:१४:६
![](https://nepalbahas.prixacdn.net/media/albums/last-day_Fed9aZgCGZ_sQzsRCKqAB.jpg)
१९ साउन, काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–२ मा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्डको इकाई बिक्री खुला गरेको हो । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्काशन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्दधक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यो १० वर्षे योजना हो । ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजारमा आज सामान्य अङ्कको वृद्धि, चार अर्बको कारोबार
असार ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्दा पाँच अर्ब माथिको कारोबार
असार १०, २०८१ सोमबार
नेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको खरिदबिक्री
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार