प्रदेश मन्त्री छनौटका कारण नाउपामा चरम विवाद, राजीनामा दिने तयारीमा उपाध्यक्ष
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार ११:३६:४१
१९ साउन, काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको सत्तारुढ नागरिक उन्मुक्ति पार्टीमा आन्तरिक कलहले चर्को रुप लिएको छ । मुख्यगरी सुदूरपश्चिम प्रदेशमा पार्टीबाट मन्त्री पठाउने क्रममा उत्पन्न फरक धारबीच देखिएको मतभेदले विवादको रुप लिएको हो । यो उत्कर्षमा पुगेको छ ।
मन्त्री छनौटमा पार्टी नेतृत्व र तिनका परिवारवाद हाबी भएको भन्दै उपाध्यक्ष लक्ष्मणकिशोर चौधरी पक्षले जाेडदार रूपमा असहमति जाहेर गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा बुधबार मन्त्रिपरिषदलाई पूर्ण दिने क्रममा पार्टी पठाएका रामेश्वर चौधरीलाई मुख्यमत्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
तर पार्टीभित्र रामेश्वरले सम्हाल्दै आएका जिम्मेवारीमा ल्याइने पात्रबारे सहमति बन्न सकेको छैन । उपाध्यक्ष चौधरी प्रदेशसभा सदस्य (सांसद) समेत रहेका छन् । पार्टीमा उनी संगठन प्रमुख समेत हुन् ।
अध्यक्ष रञ्जिता केन्द्र सरकारमा भूमि व्यवस्था मन्त्री छिन् भने उपाध्यक्ष चौधरी पनि प्रदेशमा मन्त्री बन्ने ध्याउन्नमा छन् । तर नेतृत्व तह (रञ्जीता पति रेशम)को इच्छामा रामेश्वर मन्त्री बनाइएपछि विवादको रुपमा लिन पुगेको छ । मन्त्री चयन गरेकै दिन लक्ष्मणकिशोर सामाजिक संजालमा पार्टीभित्र मौलाएको नातावाद र गलत संस्कारको विरोध गर्न अपिल गरेका थिए ।
त्यसपछि उनलाई पार्टीले स्पष्टीकरण समेत सोधेको छ । यसपछि अहिले उनी उपाध्यक्ष र संगठन प्रमु्खको जिम्मेवारी परित्याग गर्ने तयारीमा पुगेका उनी निकटस्थ स्रोत बताउँछ । पछिल्लो चरणमा पार्टीभित्र मूल्यांकन र जिम्मेवारी बाँडफाँटमा खराब प्रणाली सुरुवात भएको उनको आरोप छ । इमान्दार र पुराना कार्यकर्तालाई लत्याएर कनिष्ठलाई ल्याउने परिपाटी पार्टी नेतृत्वले गरेको भन्दै उनले आपत्ति जनाएका छन् । पार्टीमा विधि पालना गर्नुका साटो मनपरी गर्न थालेपछि आफूले उपाध्यक्ष र संगठन विभाग प्रमुख भएर आफ्नो समय र सम्पत्ति दुरुपयोग गर्नुको औचित्य नरहेको उनको भनाइ छ । पार्टी पुनर्गठन गर्न सक्ने संकेत समेत दिएका छन् ।
जनताको चाहनाअनुसार जिम्मेवारी गर्न खोज्दा पार्टी नेतृत्वको गुलामी गर्ने र आर्थिक डिमान्ड पूरा गर्न नसक्ने नेता कार्यकर्ता किनारामा पर्ने उनको आरोप छ । गुलामी गर्ने र डिमान्ड पूरा गर्न सक्ने कार्यकर्ता मात्र पार्टीमा टिक्न सक्ने अवस्था विकसित भएको उनको भनाइ छ ।
उनले पार्टी टिकापुर घटनाका पीडित र राज्यले दोषी बनाएका निर्दोषहरुलाई न्याय दिने र सबै तहका सरकारबाट नागरिकलाई अधिकार र सुविधा दिलाउनु नै नाउपाको मुख्य लक्ष्य रहेको उनले बताएका छन् ।
मुख्यगरी पार्टीको संरक्षक समेत रहेका रेशम चौधरी जेलबाट सजाय माफी पाएर छुटेपछि नाउपाभित्र जिम्मेवारी बाँडफाँट र सुविधाका पदका लागि पात्र चयन गर्ने विधिमा समस्या आएको उनी पक्षधर नेताहरुको आरोप छ ।
वरिष्ठता र मर्यादा क्रम मिचिने क्रम सुरु भएको बताइएको छ । प्रदेश संसदीय दलका नेता चयनमा पनि उपाध्यक्ष चौधरीलाई ‘वाइपास’ गरिएको पक्षको आरोप छ । नाउपाले प्रदेश संसदीय दलका नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुशीराम चौधरीलाई नियुक्त गरेको छ । त्यसमा उनी सहमत छैनन् । यसअघि रामेश्वर दलका नेता थिए । उनलाई नेताबाट राजीनामा गराएर मन्त्री बनाएका हुन् । पार्टी अध्यक्षले रेशमलालकाे कुराबाहेक अन्यकाे कुरै सुन्न नचाहेकाे आराेप उनकाे पक्षकाे छ ।
नाउपा रेशमलाल जेलमै रहेका बखत उनकै योजनामा २०७९ मा गठित पार्टी हो । उनले पत्नी रञ्जीताको नेतृत्वमा पार्टी गठन भएदेखि नै उनको रिहाईका लागि सरकार र अन्य दलहरुसँग बार्गेनिङ सुरु गरेका थिए । रिहापछि अध्यक्ष रञ्जीता र पदाधिकारीभन्दा रेशम पार्टी गतिविधि, राजनीति भेटघाट र लाभ पदमा पात्र चयनसम्बन्धीमा काममा बढी सक्रिय रहेका छन् ।
रेशम भने एकाध नेताको राजीनामाले पार्टी संचालनमा रत्तिभर प्रभाव नपर्ने बताएका छन् । २०७२ भदौ ७ मा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय काटिरहेका रेशम गत जेठ १५ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी सजाय मिनाह पाएर रिहा भएका थिए । सोही घटनामा अन्य २२ जना भने अझै जेलमै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार