आँखा पाक्ने रोग फैलिएपछि जनकपुरधाम उपमहानगरका विद्यालय बन्द (सूचनासहित)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:३२:४५
९ साउन, काठमाडौं । आँखा पाक्ने रोगको संक्रमण व्यापक बनेपछि धनुषाको जनकपुरधाम उपमहानगरका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएको छ । अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस)को संक्रम बढेपछि विद्यालय बन्द गरिएको हो ।
रोगबाट हुन सक्ने थप जोखिम न्यूनिकरण गर्न आँखा अस्पतालको अनुरोधमा यही साउन २१ गतेदेखि २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मिहिलाल यादवले जानकारी दिएका छन् ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै शिक्षण संस्थाहरु बन्द गरिएको जानकारी दिएका छन् । सामाजिक दूरी कायम गर्न समेत सूचनामा भनिएको छ ।
उपमहानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरू बन्द गरिएको उनले बताए । आँखा पाक्ने रोग देशभर फैलिने क्रम रहेको जनाउँदै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार