विराटनगरका रोहित चौधरीको हत्यामा पेस्तोल उप्लब्ध गराउने गिराेहका सदस्य पक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १६:८:१२
१९ साउन, काठमाडौं । विराटनगर महानगरपालिका–५ का युवक रोहित चौधरीको हत्यामा संलग्नता रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उनीहरू घटना गराउन हतियार दिने गिराेहका सदस्य रहेकाे खुलेकाे छ ।
पक्राउ पर्नेमा धरानका २२ वर्षीय प्रकाश लिम्बू र विराटनगरका ३० वर्षीय अजय शर्मा रहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिएका छन् । जन्मदिन मनाउने क्रममा घुमफिर गरेर विराटनगर फर्कने क्रममा साउन ५ गते २८ वर्षीय रोहितलाई लुटेरा धरानको सेउती पुलनजिकबाट साथमा रहेका युवतीलाई नियन्त्रणमा लिई लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा समूहले पेस्तोलबाट गोली हानी हत्या गरेको थियो ।
उक्त पेस्तोल शर्माको समूहले उप्लब्ध गराएको अनुसन्धानमा देखिएको जनाइएको छ । हत्यामा फरकफरक समूह मिलेर एउटै योजनामा भएको पाएको प्रहरीको दाबी छ । गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा धरानस्थित वीपी अस्पतालमा रोहितको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार लृटपाट र हत्याका लागि शर्माले लिम्बूलाई हतियार दिएको खुलेको छ । हत्यामा संलग्नताको आरोपमा यसअघि नै प्रहरीले समूहका नाइकेका रुपमा चिनिएका मोरङको लेटाङ नगरपालिका–१ का दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का अनसन तामाङलाई पक्राउ गरिसकेको छ ।
रोहितको हत्यापछि युवतीलाई कुटपिट गरी फरार भएका उनीहरुलाई युवतीले दिएको हुलियाका आधारमा प्रहरीले पक्राउ गरेको हो । हत्यामा अन्य व्यक्तिको पनि संलग्नता देखिएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू भारत छिरिसकेकाे अनुमान खाेजी भइरहेकाे जनाइएकाे छ ।
पक्राउ परेकामध्ये केही अभियुक्त यसअघि हत्या र लुटपाटमा कैद भुक्तान गरेर रिहा भएका सदस्य रहेकाे पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन
मंसिर १८, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार