दोलखा पहिरो अपडेट : दुईको शव भेटियो, दुई अझै बेपत्ता
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १७:४३:२५
१९ साउन, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिए बेपत्ता भएका चार मध्ये दुईको शव फेला परेको हो ।
पहिरोमा पुरिएकी ५० वर्षीइा देवीमाया मगरको शव खोजीको क्रममा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । यस अघि शुक्रबार बिहान १५ महिने बालक प्रिन्स थामीको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो । पहिरोमा पुरिएर हराइरहेका टोपाटारमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्ण बहादुर मगरको अवस्था अज्ञात छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सिता थामी घाइते भएका छन् । घाइते दुबैलाई उपचारको लागि काठमाडौं लगिएको छ । सीताको भने सिँगटी अस्पतालमा उपचार भई रहको छ ।
गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार