खर्च विवरण बुझाइसकेका उम्मेदवारलाई जरिवाना नगर्न सर्वोच्चकाे आदेश
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १७:५५:३०
१९ साउन, काठमाडौं । गएको मंसिरको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएर खर्च विवरण बुझाइसकेका उम्मेदवारलाई जरिवाना नतिराउन सर्वोच्च अदालतले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ ।
निर्वाचन आयोग विरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । इजलासले निर्वाचन खर्च विवरण पेस गरिसकेको अवस्थामा पनि जरिवाना तिराउनु मनासिव नहुने ठहर गरेको छ ।
आयोगले यही साउन ४ गमा ‘निर्वाचन कसुर तथा सजाय ऐन, २०७४ को दफा ३१ को उपदफा २ बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेका उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने गरी सूचना जारी गरेपछि मोरङ क्षेत्र नं. २ बाट उम्मेदवार रहेका विनोदमणि भट्टराईले सूचना खारेजीका लागि अन्तरिम आदेशको माग गर्दै रिट दायर गराएका थिए ।
आयोगको सूचना सुविधा र सन्तुलनको दृष्टिबाट ठीक ठहरसहित ‘१५ हजार जरिवाना गर्ने गरी भएको उक्त निर्णय कार्यान्वयन नगर्नु, नगराउनू’ अन्तरिम आदेशमा अदालतले भनिएको छ ।
रिट निवेदक भटट्राईले पुस ३ गते नै प्रदेश निर्वाचन कार्यालय, प्रदेश नं. १ मोरङ, विराटनगर समक्ष निर्वाचन खर्चको विवरण पेश गरेका थिए । सर्वोच्चको आदेशपछि यसअघि खर्च विवरण बुझाएर पनि जरिवानामा परेका उम्मेदवारलाई उन्मुक्ति मिलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार