लुम्बिनीमा पनि भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:१७:५४
२१ साउन, काठमाडौं । लुम्बिनी प्रदेशमा पनि सरकारमा सहभागी दलहरुबीच भागबण्डा पुर्याउन मन्त्रालय फुटाउने तयारी गरिएको छ । मन्त्रालय फुटाएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लागेका छन् ।
साउनभित्रै मन्त्रालय फुटाएर २ वटा मन्त्रालय थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताएका छन् । हाल प्रदेशमा १० मन्त्रालय छन् । थपिँदा १२ पुग्नेछन् ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय फुटाउने तयारी भइरहेको बताइएको छ । आजै मात्र बाग्मती प्रदेश सरकारले पर्यटन, उद्योग तथा सहकारी प्रशासन मन्त्रालय फुटाएर उपर्यटन र उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाएको छ ।
लामो समयदेखि जिम्मेवारीविहीन अवस्थामा बिनाविभागीय रहेका कांग्रेसका रामकृष्ण चित्रकारलाई बागमतीले आजै मात्र उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।
लुम्बिनीमा भने हाल मख्यमन्त्री चौधरीसहित हाल ७ मन्त्री छन् । चाैधरी गएकाे बैशाख १५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
अब कांग्रेसबाट ३ र माओवादी केन्द्रबाट ३ मन्त्री नियुक्ति गर्ने योजना चौधरीले गरेका छन् । माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजीत थारुले मन्त्रालय विभाजन गर्ने सहमति भइसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री भएलगत्तै सरकारी खर्च घटाउन प्रदेशका मन्त्रालय संख्या व्यापक कटौती गर्ने घोषणा अनुरुप यसअघि एमाले सहभागी रहेको प्रदेश सरकारले एउटै प्रदेशमा ५ वटासम्म मन्त्रालय मर्च गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार