डकैती मुद्दामा वडाध्यक्ष मुद्दा पुर्पक्षका लागि जेल चलान
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १८:२१:४५
२१ साउन, काठमाडौं । रकम लुटपाट र डकैती मुद्दामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई मुद्दा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
गएको असार १४ मा लुटपाट अभियोगमा वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका विष्टलाई जिल्ला अदालत सुर्खेतले आइतबार सुनसवाइपछि जेल चलान गर्न आदेश दिएको हो । आदेशसँगै प्रहरीले सुर्खेत कारागार पठाएको छ । तत्काल प्राप्त सबुदका आधारमा विष्टलाई रिहा गर्न नमिल्ने ठहरसहित जेल चलान गरिएकाे हाे ।
लुटपाटमा संलग्न अन्य सुशील गुरुङ र बलिराज शाहीलाई भने अदालतले जनही दुई/दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको छ ।
उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेको आरोप छ । विष्टले भने आरोप अस्वीकार गर्दै आएका छन् । ३ जनाको समूह मिलेर लुटपाट गरेको सकुरमा डकैती मुद्दा लाग्ने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार