गुडिरहेको जीपमाथि ढुंगा खस्दा घाइते भएका चालकसहित ३ जनाकाे उपचार जारी
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार ११:२६:४०
२२ साउन, बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डस्थित नाग मन्दिरनजिकै गुडिरहेको जीपमाथि ढुंगा खस्दा चालक ३ जना घाइते भएका छन् ।
आज बिहान बुटवलबाट पाल्पातर्फ जादै गरेको लु २ च २८४९ नम्बरको जीपमा साढे ६ बजेतिर जीपमाथि ढुंगा खसेको थियो । त्यसक्रममा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा जीप चालक पूर्वी नवलपरासीकोा नवलपुर त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय जीप चालक विवेक कार्की, रुपन्देहीको सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका-१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको दोभान प्रहरी चौकीले जनाएको छ । ढुंगा लागेर जीपको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।
घाइते सबैलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप बुटवलबाट टिन र फलाम लगायतका सरसमान लिएर पाल्पाको अर्गलीतर्फ गइरहेको थियो ।
ढुंगा खसेर अवरुद्ध भएको राजगर्मा सुचारु भइसकेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार