विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १४:५२:३२
२२ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १८ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका-३ तिनपिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका-५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जन समेत तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाराको जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत सातजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भैसेबाट बा।११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र दुईजना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागूऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज-१२ बस्ने ३० वर्षीयको गुद्दु साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत पाँच जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दार्चुलाको शैल्यशिखर नगरपालिका(३ कर्कलेबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका(४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका(४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि, अमेरिकी डलर उच्च बिन्दुमा
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार