सुन प्रकरणले प्रतिनिधिसभा बैठक प्रभावित
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १५:४४:१८
२२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ४ बजेसम्मका सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रमुख राजनीतिक दलहरुबीच बैठक संचालनबारे सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन ।
ही बेला संसद सचिवालयले सूचना टाँस गरी बैठक ४ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले क्वीन्टल सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक चल्न दिने अडान राख्दै आइरहेको छ । आज दिउँसो बसेको राष्ट्रिय सभाको बैठक एमालेले चल्न दिएन । चल्न नसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २४ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
बैठक संचालन गर्नेबारे सहमति जुटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुख्य दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग छलफल चलाइरहेका छन् । आजै यसअघि बसेको बैठकमा सहमति जुटन नसकेपछि बैठक पुनः बसिरहेको छ । सरकारले भने सुन प्रकरणमा सरकारका सुरक्षा निकायले अनुसन्धान गरिरहेको र बाहिरबाट थप समिति आवश्यक नपर्ने स्पष्ट पारेको छ ।
सहमति प्रयासको बैठकमा सरकार र एमाले आ–आफ्नै अडानमा कायम रहेपछि अहिले ४ बजे बस्ने भनिएको बैठक पनि टर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार