भुक्तानी माग गर्दै सडकमा आन्दोलन गरिरहेका पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:१९:३२
२२ साउन, काठमाडौं । सरकारले भुक्तानी माग गर्दै सडक आन्दोलनमा उत्रिएका पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । लामो समयदेखि भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनीहरु निर्माणकार्य ठप्प बनाउने चेतावनी दिएर आन्दोनलानमा लागिरहेका बेला उनीहरुमध्ये केहीलाई कालोसूचीमा राखेर कारवाही गरिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने खरिद कार्यालयले जनाएको छ । विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न लेखी पठाएकाले २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । केही कम्पनी एक वर्षका लागि त केही डेढ वर्षका लागि कालोसूचीमा परेका हन् ।
पप्पु कन्स्ट्रक्सनका अलवा कोशी एन्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्ध निर्माण सेवा, नवनिर्माण बिल्डर्स, चेतना कन्स्ट्रक्सन, यूकेएन कन्स्ट्रक्सन, बीकेबी कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाा निर्माण सेवा, शुभम कन्स्ट्रक्सन, एके कन्स्ट्रक्सन, केआर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, लामाबुढा निर्माण तथा सामग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुस्ठान कन्स्ट्रक्सन, युद्ध निर्माण सेवा र जय भगवती निर्माण सेवालाई कार्यालयले कालोसूचीमा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार