राष्ट्र बैंकद्वारा वित्तीय अनुशासन कायम नगर्ने तीन बैंकमाथि कारबाही, हिमालयन र कुमारीलाई कराेडमा नगद जरिवाना
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:४६:१९
२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको वित्तीय नियमन र मापदण्ड विपरीत काम गरेको भन्दै तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । ती बैंकले कर्जा निक्षेप अनुपात कायम गराउने विषयमा पनि नियम विपरीत काम गरेको पाइएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण हेरेर प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा-निक्षेप अनुपात कायम नगरेकोमा कारबाही गरिएको हो । कुमारी बैंक र हिमालयन बैंक लिमिटेडलाई सीडीसी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद जरिवाना नै गरेको छ । कुमारी बैंकलाई ५९ लाख ६३ हजार र हिमालयन बैंकलाई १ करोड ३९ हजार जरिवाना गरेको हो । साथै, प्राइम कमर्सियल बैंकलाई भने क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेकोमा सचेत गराइएको छ ।
राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं.१५ र ०७९ को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २९ क बमोजिम कारबाही र सचेत गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार