हिरासतमा यातना दिने प्रहरीलाई कारबाही गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:५४:२२
२२ साउन, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले थुनुवालाई यातना दिने प्रहरीलाई कारबाही गर्ने बताएका छन् । सोमबार तामाङ र मगर समुदायका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले हिरासतमा राखिएका थुनुवालाई यातना दिने प्रहरीलाई कारबाहीको दायरामा ल्याइ छाड्ने बताएका हुन् ।
यही साउन १७ गतेका दिन मगर, तामाङ र शेर्पा समुदायको विवाह सम्बन्धबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्ना दिन पुगेका तामाङ र मगर समुदायका अगुवाहरुमाथि दमन गरेर केहीलाई पक्राउ गरेका थिए ।
त्यसरी पक्राउ परेकालाई हिरासतमा राखेर परिसर प्रमुख दानबहादुर कार्कीको निर्देशनमा प्रहरीले चरम र अमानवीय तवरले यातना दिएको भन्दै यातना दिने घटनामा संलग्न प्रहरी र निर्देशन दिनेमाथि कारबाही गर्न माग गर्दै आज मन्त्री श्रेष्ठलाई तामाङ घेदुङ र मगर संघले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझेपछि संक्षिप्तमा बोल्दै मन्त्री श्रेष्ठले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र संलग्न प्रहरी र यातना दिन निर्देशन दिने अधिकारीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने बताए । साथै उनले यातनाबाट घाइतेको निःशुल्क उपचार गर्ने समेत आश्वासन दिए । यातनाबाट ३० जनाभन्दा बढी थुनुवा घाइते भएको पीडित पक्षको भनाइ छ । धर्नाका बेला पक्राउ परेकाहरू जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका थिए ।
यस्तै समुदायको संस्कृति र परम्पराविरुद्ध विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई प्रहरीले कारबाही नगरी छाडेको भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएका पाण्डेलाई सोही दिन टेकुले नियन्त्रणमा लिएपनि अभिव्यक्तिप्रति माफी मागेको भन्दै हाजिर जमानीमा तत्काल छाडेको थियो ।
त्यसपछि पीडितहरु झनै आक्रोशित बनेका हुन् । आफूहरूलाई बिनाकारण पक्राउ गरी गैर न्यायिक हिरासतमा राखेर पुरुष र महिलालाई संवेदनशील अंगमा चरम यातना दिएको भन्दै तामाङ र मगर समुदायले आज दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरमा परिसरको हिरासतमा यातना दिने प्रहरी र यातना दिन निर्देशन दिने प्रमुख दानबहादुर कार्कीलाई कारबाहीको माग गर्दै वृहत् प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले दोषी प्रहरीलाई कारबाही गर्ने भनी गृहमन्त्रीले दिएको वाचा कार्यान्वयन नभए संसद र सडक तताउने चेतावनी दिएका छन् । प्रदर्शनमा सयाैं संख्यामा जनजाति समयका महिला, पुरुष सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार