नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको काम सम्पन्न
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १७:४५:१३
२२ साउन, काठमाडौं । दुई किलोमिटर ६ सय ८८ मिटर दूरीको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको काम सकिएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेल (आपत्तकालिन उद्धार) सुरुङ निर्माणको काम सफलतापूर्वक सोमबार सकिएको हो ।
काम पूरा भएको अवसर ‘ब्रेक थ्रु’मा सहभागी हुन सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली नागढुंगा पुगेको छ । काठमाडौं र धादिङ दुवैतर्फबाट खनिएको सुरुङ जोडिएको हो । जोडिएसँगै मन्त्री ज्वाला, सचिवहरु र निर्माणमा संलग्न अधिकारी र इन्जिनियरहरुले खुसी साटासाट गरे ।
मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । काम सकेर संचालनमा आउन कम्तिमा डेढ वर्ष लाग्ने सडक विभाग वैदेशिक महाशाखाले जनाएको छ ।
नागढुंगा जाम कम गराउने उद्देश्यले सरकारले सुरुङ मार्गको योजना अगाडि बढाएको हो ।
सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलब १३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने व्यवस्था हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार