संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १२:३३:५६
२३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । सुनुवाइ र अनुमोदन प्रक्रियाका लागि संसदय सुनुवाइ समितिले श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र समितिमा लिखित रुपमा दिन आह्वान गरेको हो ।
समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमसेर जबरा छन् । उनले मंगलबार एक सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेका हुन् । उजुरी शिष्ट र मर्यादित भाषामा हुनुपर्ने भनिएको छ ।
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रहेका श्रेष्ठलाई यही साउन १८ गते संवैधानिक परिषदको बैठकले प्रन्यामा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
उजुरी परेमा त्यसपछि समितिको बैठकमा सांसदहरुले प्रश्न सोध्ने र श्रेष्ठले जवाफ दिने प्रक्रिया सुरु हुने र पूरा भएपछि नाम अनुमोदन हुने कानूनी व्यवस्था छ । अनुमोदनपछि मन्त्रिपरिषद बैठक निर्णयबाट राष्ट्रपतिबाट प्रन्या नियुक्त हुनेछन् ।
श्रेष्ठले आइतबार नै कायममुकायम प्रन्याको जिम्मेवारी सम्हालिसकेका छन् । प्रन्या हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० बाट अवकाल भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार