तामाङ र मगर समुदायको परम्पराविरुद्ध अभिव्यक्ति दिने अधिवक्तालाई कारवाही गर्न कांग्रेस सचेतकको माग
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १६:१३:५१
२३ साउन, काठमाडौं । मगर र तामाङ समुदायको परम्परा र संस्कृतिविरुद्ध अभिव्यक्ति दिने कानून व्यवसायी (अधिवक्ता) भगवत पाण्डेलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् ।
नेपाली कांग्रेस संघीय संसदीय दलका सचेतक सुशीला थिङले मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै आदिवासी जनजाति तामाङ, मगर र शेर्पा समुदायको परम्परा र संस्कार विरुद्ध अभिव्यक्ति दिने पाण्डेलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिन् ।
२९औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार कांग्रेस निकट लोकतान्त्रिक आदिवासी महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचेतक थिङले राज्यले अहिले पनि आदिवासी जनजातिमाथि दमन र हेपाह व्यवहार कायम राखेको बताइन् । ‘दोषीलाई पक्राउ गरेर कारवाही गर्नुको साटो प्रहरी प्रशासनले नै आँखा चिम्लेर छुट दिएको छ’ उनले भनिन्, ‘यदि कारबाही नगर्ने हो भने संसद र सडकबाट आवाज बुलुन्द हुन्छ, त्यो बेला के हुन्छ, राज्य ध्यान देओस् ।’
उनले पाण्डेलाई छुट दिएर पक्राउको माग गर्नेहरूलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर चरम यातना दिएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले हरेक जाति र समुदायको परम्परा र संस्कृतिको पालना र संरक्षण गर्न संविधानले स्पष्ट अधिकार दिएको भन्दै त्यसलाई खल्बल्याउने कोशिस नगर्न चेतावनी समेत दिइन् ।
कार्यक्रममा कांग्रेस नेतृ समेत रहेकी सहकारी विकास मन्त्री सीता गुरुङले आदिवासी जनजातिको परम्पराविरुद्ध अभिव्यक्ति दिनेमाथि कारबाही हुनुपर्ने बताइन् । उनले यसबारे मन्त्रिपरिषदमा कुरा उठाउने जानकारी दिइन् ।
अधिवक्ता पाण्डले केही हप्ता पहिले एक टेलिभिजन कार्यक्रममा मगर, शेर्पा र तामाङ समुदायमा ‘दिदीभाई र दाजु बहिनीबीच हाडनातामा विवाह हुने’ गरेको र त्यसबाट जन्मिने सन्तान ‘आपराधिक मानसिकता’का हुने आपत्तिजनक अभिव्यक्ति दिएकी थिइन् । त्यसमा उनी विरुद्ध मगर र तामाङ समुदायका अगुवाहरुले प्रहरीमा जाहेरी दिएका थिए । तर पाण्डे रिहा भइसकेकी छन् । उनलाई कारवाहीको माग गर्दै मगर, तामाङ, शेर्पा लगायत समुदायले सडक संघर्ष जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार