सुन तस्करी प्रकरणमा व्यवसायिक र उच्च राजनीतिक संलग्नता पुष्टि गर्न दुबै मोबाइल फरेन्सिक ल्याबमा पठाइयो
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार ११:४०:१५
२४ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणको छानबिनको जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ परेका चिनियाँ मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको मोबाइल परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ ।
थुप्तेनको मोबाइलमा नेपाल र भारतका तस्करी एजेण्टहरुको नाम र नम्बर पत्ता लगाउने फरेन्सिक ल्याबमा पठाइएको बताइएको छ । थुप्पतेनको नेपालका केही विवादास्पद व्यवसायी, मेडिकल कलेज सञ्चालकहरुसँग उठबस रहेको पाइएको छ । पक्राउ पर्नु अगाडि नै उनीहरूले मोबाइलमा रहेका सबै सूचना डिलिट गरेकाले फरेन्सिक ल्याबमा पठाइएको हो ।
राजश्व अनुसन्धानले २० दिन अनुसन्धान गरेको फाइल सीआईबीलाई बुझाएकाले यसको अनुसन्धानसँगै सुन तस्करीहरूको थप कनेक्सन खोज्ने काम सुरु भएको छ । अहिले यी दुई व्यक्तिको सम्बन्ध कुन तहसम्म छ भनेर सीआईबीले अनुसन्धान केन्द्रित गरेको छ । भारतीय नागरिक थुप्तेन नेपालतर्फ सुन तस्करीको व्यवस्थापन मिलाउने व्यक्ति हुन् । उनले नै नेपालीको नाममा कम्पनी दर्ता गरी सवारीसाधनका पाटपुर्जा तथा अन्य सामानमा लुकाएर तस्करीको वातावरण बनाएको खुलेको छ ।
सीआईबीले दावाको नेपालमा नेता तथा उच्च सुरक्षा अधिकारीसम्म चिनजान र सम्बन्ध रहेको देखिएको भन्दै उनको मोबाइलबाट यसका कनेक्सन पत्ता लगाउने तयारी गरिरहेको छ । नेपाली महिलासँग बिहे गरेर व्यवसायसमेत गर्दै आएका उनी पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । दोहोरो नागरिकता र राहदानीको विषयमा अनुसन्धान भइरहेको बेला राजस्व अनुसन्धान विभागले काठमाडौँको ठमेलबाट उनलाई पक्राउ गरेको थियो ।
छिरिङको विगतको सम्पर्क सत्तारूढ माओवादी केन्द्र र प्रशासनिक व्यक्तिहरूसँग देखिएसँगै सीआईबीले अनुसन्धानको सुई राजनीतितिर ढल्काएको छ । स्रोतका अनुसार राजनीतिक र प्रशासनिक संरक्षणमा दावाले काभ्रेबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका छन् । दावाले २०७४ पुस २० गते नेपाली नागरिकता लिएको र त्यसमा भने उनको नाम निमा तामाङ राखिएको स्रोतले जनाएको छ ।
दावाकी श्रीमती रोल्पा थवाङकी अमला रोका हुन् । दावाले सम्पर्क–सम्बन्ध अघि बढाएसँगै माओवादी नेताहरूसँग सम्बन्ध बढाएर अपराध कर्ममा संलग्न रहेको स्रोतको दाबी छ । २०७४ साल अघिसम्म माओवादी केन्द्रको रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी उपाध्यक्ष रहँदा रोल्पाको थवाङकी अमला रोका व्यापार गर्ने क्रममा दावासँग नजिकिएकी थिइन् । फाट्टफुट्ट जडीबुटी व्यापार गर्ने क्रममा ठमेलको व्यापारिक वृत्तमा अमलाको चिनजान दावासँग भएको थियो । अमलासँग निकटता बढेसँगै दावा माओवादी केन्द्रका नेताहरूको सम्पर्कमा पुगेको सीआईबीको दाबी छ ।
हुन्डीदेखि जडीबुटी, सुन तस्करीलगायत धेरै किसिमको अपराधमा उनको संलग्नता देखिएको छ । प्रहरीका उच्च हाकिमसँग पनि उनको सम्बन्ध पनि भेटिएको छ । नेपाल प्रहरीका एक पूर्व प्रहरी महानिरीक्षकले उनलाई ‘फोन नै रिसिभ भएन त भाई’ भन्दै ह्वाट्सएपमा म्यासेज पठाएको अनुसन्धानमा खुलेको छ । राम्रोसँग छिरिङ नेपालीसमेत बाेल्ने उनले उच्च प्रहरी अधिकारीलाई दाई भन्ने गरेका थिए । विगतमा कल बाइपासदेखि अवैध कल सेन्टरको धन्दामा पनि उनको सम्पर्क देखिए पनि प्रहरीले उनीमाथि कारबाही गर्न सकेको थिएन । जसकारण यो काण्डमा केही पूर्व प्रहरी अधिकारीमाथि समेत छानबिन हुने सम्भावना सीआईबीले देखाएको छ ।
दावा र थुप्तेनको मोबाइल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । पक्राउ पर्नुअघि नै उनीहरूले मोबाइलका धेरै डेटा डिलिट गरिसकेका थिए । रिकभर हुन सकेमा सुन तस्करीको उच्च तहको नेटवर्क पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरूले वी च्याटमार्फत कारोबारी बीच संवाद गर्दै आएका थिए । तस्करीमा संलग्न अन्य चिनियाँ गिरोहका सदस्यको नाम पत्ता लागे पनि उनीहरू भने फरार भइसकेका छन् । उनीहरूले काठमाडौंका चार ठाउँमा गोदाम राखेर सुन लुकाउने, गाल्ने र बाँडफाँट गर्दै आएको खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका दुई डीआइजी एआइजी बढुवामा सिफारिस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार