कारागारबाट फरारका क्रममा पक्राउ गरिएका २ कैदीबन्दीको शंकास्पद मृत्यु
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार ११:४०:३
२४ साउन, काठमाडौं । संखुवासभाकाे जिल्ला कारागार खाँदबारीमा दुईजना कैदीबन्दीको मृत्यु भएको छ । कारगारमा रहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गीको आज बिहान कारागारभित्र मृत्यु भएको हो ।
बुधबार बिहान अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल पुर्याउँदा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूलाई मंगलबार राति कारागारको शौचालय फोडेर भाग्ने क्रममा नियन्त्रणमा लिएर कारागारमा राखिएकाे थियो । तोलांगी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय काटिरहेका थिए ।
दुवैको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले शव बुझ्र नमानेको जनाइएको छ । घटनाको छानबिन गर्नेबारे जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार