खराब कर्जाले हिमालयन बैंकको वित्तीय अवस्था खतराको मोडमा, वितरणयोग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:२३:४२
२४ साउन, काठमाडौं । कुनै बेलाको अब्बल र आकर्षक बैंकको रुपमा चिनिएको हिमालयन बैंक पछिल्लो दिनमा नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर देखिन थालेको छ । वित्तीय हिसाबमा पुरानो बैंक दिन प्रतिदिन खराब हुँदै जान थालेको छ ।
बैंकको खराब कर्जा निकै बढेको छ । बैंकको खराब कर्जा ५ प्रतिशत नजिकै पुगेको छ । यसले गर्दा बैंक रेड जोनमा देखिन्छ । वाणिज्य बैंक मध्ये सर्वाधिक खराब कर्जा हुने बैंकको सूचीको दोस्रो नम्बरमा हिमालयन बैंक पर्छ ।
बैंकको हालै सार्वजनिक गरेको वित्तीय विवरणमा वितरणयोग्य मुनाफा यसपटक ऋणात्मक मोडमा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा हेरेर संस्थापक र सर्वसाधारण लगानीकर्ता निराश छन् । वित्तीय अवस्था बिग्रिएर नाजुक अवस्थामा पुगेको सिभिल बैंकसँग बिग मर्जमा गएको यस बैंकको वासलातको आकार ठूलो देखिएपनि वित्तीय प्रर्दशन भने झन् खराब देखिएको छ ।
यसबाट सिभिल बैंकका लगानीकर्ता झनै निराश बनेका छन् । यद्यपि सिभिल बैंकले पछिल्लो समय राम्रो ग्रोथ गरिरहेको थियो । उसका पछिल्ला वित्तीय सूचकांकहरु सन्तोषजनक नै थिए तर हिमालयन बैंकसँग गाभिनु भन्दा एक्लै अघि बढेको भए बरु राम्रो हुने कुरा लगानीकर्ताले यतिबेला सोचिरहेका छन् । बैंक आफैले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणका अनुसार बैंकको संचित मुनाफा ऋणात्मक छ । आब २०७९-८० को वासलातमा बैंकको संचित मुनाफा ७१ करोड १४ लाखले ऋणात्मक देखिएको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा फइसल एन ललानी, सुनिलबहादुर थापा, जितेन्द्र धिताल, आसिश शर्मा र विजयबहादुर श्रेष्ठ रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ अशोक शमशेर जबरा बिगत दुई दशकदेखि कार्यरत रहेका छन् । सिभिल बैंक हिमालयन बैंकमा गाभिएको ५ महिना नपुग्दै सहायक प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले बैंक छाडेका छन् । रायमाझीले एक महिना अघिनै हिमालयन बैंकबाट राजीनामा दिएको बैंक बताइएको छ ।
सिभिल बैंकको डीसीईओ रहेका रायमाझी मात्र मर्जरको समयमा हिमालयन बैंकमा आबद्ध थिए । उनी तत्कालीन सिभिल बैंकबाट कर्मचारीको नेतृत्व गरेका थिए । गत बैंशाखमा तत्कालीन सिभिल बैंकको एजीएम रहेका सुमन आचार्यले पनि हिमालयन बैंक छाडेर लुम्बिनी विकास बैंकको डीसीईओ बनेका छन् ।
सिभिल बैंकको तत्कालीन नेतृत्वमा रहेका सीईओ सुनिल पोखरेलले बैंक मर्ज हुनु अघि नै भिआरएस लिएका थिए । रायमाझीले अन्तर्राष्ट्रिय बैंकिङ्ग अनुभव लिन भन्दै हिमालयन बैंक छाडेको बताए पनि बैंकमा कर्मचारीलाई काम गर्ने वातावरण नरहेको बुझिएको छ । हिमालयन बैंकको उच्च व्यवस्थापनको गैर व्यवसायिक व्यवहारका कारण बैंकका धेरै कर्मचारीहरू बैंक छोड्ने मुडमा पुगेको बताइएको छ ।
कस्तो आयो आर्थिक वर्ष ०७९-८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ३ अर्ब २६ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले २ अर्ब ३६ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३७ दशमलव ९६ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९४ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब ९३ करोड खुद ब्याज आम्दानी गरेको छ । मर्ज पछि बैंकको पुँजीगत आकार ठूलो भएका कारण यसरी खुद ब्याज आम्दानीमा १०० दशमलव ९५ प्रतिशतको वृद्धि भएको हो । त्यस्तै, संचालन मुनाफा ११४ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ५५ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रूपैयाँ १९ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १८ रूपैयाँ २६ पैसा थियो । समिक्षा अवधिमा प्रतिशेयर आम्दानी ५ दशमलव ०९ प्रतिशतले मात्र बढेको छ । पुँजीका हिसाबमा यो नगण्य मात्रा हो ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरणयोग्य मुनाफा बिग मर्जपछि ७१ करोड १४ लाख ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १२७ दशमलव ७१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा १९ रूपैयाँ ८० पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८-७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ६३ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ५६ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष १३० दशमलव ३९ प्रतिशतले बढ्दै १४ अर्ब ९१ करोड पुगेको छ भने संचित मुनाफा १२७ दशमलव ७१ प्रतिशतले घटेर ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ ।
किताबी मूल्य:
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६५ रुपैयाँ ५८ पैसा आउँछ ।
निष्क्रिय कर्जा:
कम्पनीको खराब कर्जा ४ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ५९ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव ८६ प्रतिशत पुगेको छ । यसले बैंकबाट कर्जा लिनेहरूलाई महँगो ब्याजदर पर्न जान्छ । स्प्रेडदर ४ दशमलव ७९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार