संखुवासभा कारागारका २ कैदीबन्दीको मृत्यु कुटपिटबाट भएको खुलासा
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १२:३९:१५
२४ साउन, काठमाडौं । मंगलबार राति संखुवासभा कारागारमा भएको दुई जना कैदीबन्दीको मृत्यु अन्य कैदीबन्दीको कुटपिटबाट भएको खुलेको छ । घटनापछि बुधबार बिहान भएको जिल्ला सुरक्षा समितिको बैठकले मृत्यु शंकास्पद रहेको र छानबिन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि कुटपिटमा संलग्नताको आरोपमा प्रहरीले ९ जना कैदीबन्दीलाई अनुसन्धानका लागि हिरातमा लिएको छ । मंगलबार राति कारागारको शौचालयको झ्याल फोडेर भाग्न खोजेका बलात्कार मुद्दाका नुवाकोट ककनी गाउँपालिका–७ का आकाश बलामी र चोरी मुद्दामा संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तालांगीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको र राति नै उनीहरु दुवै जना कारागारभित्र मृत फेला परेका थिए ।
अचेत अवस्थामा फेला परेको भन्दै प्रशासनले उनीहरुलाई बुधबार बिहान जिल्ला अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसपछि सुरक्षा समितिको बैठक बसेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनालाई अन्य केदीहरुले कुटपिट गरेर हत्या गरेको खुलेपछि कुटपिटमा संलग्नलाई हिरासतमा राखिएको हो । दुवै शव आफन्तले बुझन मानेका छैनन् । शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार