कैदीबन्दीको मृत्युपछि संखुवासभा कारागारमा तनाव
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १५:११:१३
२४ साउन, काठमाडौं । मंगलबार राति कारागारभित्र दुई जना कैदीबन्दीको मृत्युपछि संखुवासभाको जिल्ला कारागार खाँदाबारीमा तनाव उत्पन्न भएको छ । मृत्युका कारण पत्ता लगाउन बुधबार छानबिन समिति गठन गरेर अध्ययन सुरु भएको बेला कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
कैदीबन्दीकै कुटपिटबाट दुई जना कैदीबन्दीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले कारागारका ९ कैदीलाई पक्राउ गरी हिरासतमा लिएपछि प्रहरीमाथि कारागारभित्रबाट कैदीहरुले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राति कैदीबन्दी संखुवासभाको मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको कैदीबाटै भएको कुटपिटबाट मृत्यु भएको पाइएको छ । घटनाको छानबिन गर्न जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरीका अनुसार बलामी र तोलांगीलाई मंगलबार राति कारागारको शौचालयको झ्याल फोडेर भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको थियो । सो राति उनीहरुको मृत्यु भएको हो ।
हत्या भएको भन्दै आफन्तले मृतक दुवै जनाको शव बुझ्न मानेका छैनन् । कारागार अहिले पनि अशान्त रहेको र सामान्य अवस्थामा ल्याउने कोशिस भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार