र्यापिड एक्सन टिममाथि प्रशासनले निगरानी सुरु गरेपछि रास्वपा समन्वयको बाटोमा
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १६:२४:४०
२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संचार सेट र क्याकेटसहित सडकमा र्यापिड एक्सन टिम (आरएटी) परिचालन गरेको विषया प्रशासनले निगरानी बढाएपछि समन्वयमा जोड दिएको छ ।
मंगलबार चितवनको नाराष्णगढ–मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोलामा झरेको पहिरो पन्छाउने क्रममा आरएटी र पार्टीको चुनाव चिन्ह छापिएको ज्याकेट र हातमा वाकिटकी (संचार सेट) सहित कार्यकर्ता देखिएपछि प्रशासनले चितवन सीडीओ आदेशमा प्रहरीले निगरानी सुरु गरेको थियो ।
सेटको वैधानिकता जाँच गर्न सीडीओ सुरेन्द्र पौडेलले बुधबार मात्र प्रहरीलाई लिखित निर्देशन दिएका थिए । पहिरो पन्छाउने वा विपदमा उद्धार र सहयोगमा कुनै दल विशेषसँग सहयोग माग नगरेको स्पष्ट पारेका थिए । रास्वपाका महासचिव ढकालले भने पहिरो पन्छाउने कार्यमा आरएटीका सदस्यहरु खटिएको जनाएका थिए । प्रहरीको निगरानी सुरु भएसँगै रास्वपाका महासचिव मुकुल ढकालले एक प्रेस विज्ञिप्त जारी गर्दै आरएटीका सदस्यहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र काम गर्न निर्देशन दिएका छन् ।
उनले आरएटी विशुद्ध नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि मात्र खटिएको बताएका छन् । उनले स्थानीय निकायको अनुमतिमा मात्र काममा खटिन समेत निर्देशन दिएका छन् । तर संचार सेटको वैधानिकताबारे भने विज्ञप्ति मौन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार