रोल्पा बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमि हुन नदिन सभापति पुनको आग्रह
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १८:१३:३६
२४ साउन, काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं संविधानसभा सदस्य अमरसिंह पुनले रोल्पा बस दुर्घटनाका घाइतेहरुलाई भेटेका छन् । बस दुर्घटनामा घाइते भएकाको उपचार दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
अस्पतालमै पुगेर सभापति पुनले मंगलबार त्रिबेणि गाउँपालिका वडा न. ७ रिचि रोल्पामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटी उनीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएको सचिवालयले जनाएको छ ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी भेट्न पुगेका सभापति पुनले दुर्घटनामा परि घाइते भएकाहरूको समग्र पछिल्लो स्वास्थ्य बारे चिन्ता र चासो दिँदै उनिहरुको स्वास्थ्य लाभको कामना गरेको सचिवालयले जनाएको छ। सभापति पुनले बिरामीको उपचारमा कुनै कमि हुन नदिनसमेत अस्पताल प्रमुखलाई आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार