काठमाडौं प्रहरी प्रमुखलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार २३:५३:१३
२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्कीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आदिवासी जनजातिको प्रदर्शनमा सयौं प्रर्दशनकारी महिला तथा पुरुषलाई कुटपिट गर्ने प्रहरी अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
"आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छन । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।" प्रचण्डले भने ।
विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले घटनासँग जोडिएर आवाज उठाउने माथि प्रहरीले ज्यादती गरेको विषयमा दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा बोल्दै जनजातिहरुको प्रदर्शनमा यातना दिने प्रहरी माथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसका लागि गृह मन्त्रालयले छानविन समिति बनाइसकेको उनले जनाए ।
त्यो घटनासँग जोडिएर आवाज उठाउने आन्दोलनकारीहरुमाथि प्रहरीले ज्यादति गरेको आफूहरुको ठहर रहेको बताए । उनले भने, ‘महिलाहरुलाई कोठाभित्र लगेर जुन किसिमको यातना दिइएको छ त्यसमा पनि दोषीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउँछु ।’ प्रचण्डले भने ।
हजारौंको संख्यामा माइतीघर मण्डलामा भेला भई जनजातिहरुले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई निलम्बनको माग राख्दै प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले एसएसपी कार्की यातनाकारी भएको भन्दै चर्को नारावाजी गर्दै प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।
उनान्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पना अनुरूप समाजवादको आधार तयार पार्न समेत यस दिवसले महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार