दुई वर्षभित्र मुलुकका सबै क्षेत्रमा राष्ट्रिय प्रसारणमार्फत बिजुली पुग्छ : कुलमान घिसिङ
उद्याेगहरूले मागे जति बिजुली पाइरहेकाे उनकाे दाबी
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १५:४९:१९
२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी २ वर्षभित्र मुलुकका सबै क्षेत्रमा बिजुली पुग्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन गरेर उनले यस्तो दाबी गरेका हुन् ।
उनले पछिल्लो २ वर्षमा बिजुली खपत उल्लेख्य मात्रामा बढेको बताए । २ वर्षअघि प्रतिव्यक्ति बिजुली खपत २३५ युनिट रहेकामा अहिले बढेर २८० पुगेको जानकारी पत्रकार सम्मेलनमा दिए । उनले मुलुकका सबै उद्योगलाई मागेजति बिजुली दिएको समेत बताए ।
यस्तो घिसिङले २ वर्ष पहिले ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारणमार्फत बिजुली प्रयोग गरेकामा अहिले ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली प्रयोग गरिरहेको उनले बताए ।
उनले पत्रकार सम्मेलनमा बोलिरहँदा भने पटकपटक बत्ति गएको थियो । त्यसमा उनले सिष्टममा समस्या आउँदा बत्ती गएको बताए । कार्यक्रमका बेला बिजुली छिनमै जाने र आउने क्रम चलेको थियो ।
यस्तै, प्राधिकरणले गत आर्थिक वर्ष २०७९/२०८० मा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको जानकारी दिए । घिसिङका अनुसार अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको हाे ।
आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको पनि जानकारी दिए ।
उनले प्राधिकरणको नेतृत्व सम्हालिदेखि नै मुलुकमा चलिरहेको दैनिक १८ घण्टासम्म लोडसेडिङ अन्त्य भएको हो । त्यसैकारण उनलाई दोस्रो पटक प्राधिकरणमा ल्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार