घोराही सिमेन्टसहित ३ कम्पनीको आईपीओ सूचीकृत
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १०:५९:४२
२६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।
घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रूपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । घोराहीको शेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ ।
यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८५.६५ रूपैयाँदेखि २५६.९५ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । शेयर कारोबारका लागि ‘टीएसएचएल’ संकेत दिएको छ ।
उता, अप्पर स्याङ्गे हाइड्रोपावरको पनि कुल २२ लाख कित्ता शेयर बिहीबार सूचीकृत भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ८४.५४ रूपैयाँदेखि २५३.६२ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ । शेयर कारोबारका लागि ‘युएसएचएल’ संकेत दिएको छ । यी ३ वटै कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । तोकिएको ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबार मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार