सानिमा माई हाइड्रोपावरको खुद नाफा २५.४४ प्रतिशत घट्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:४६:१९
२६ साउन, काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रूपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा कमी आएपछि प्रतिशेयर आम्दानी ४.५ रूपैयाँले घटेर १३.१८ रूपैयाँमा सीमित भएको छ । यसको प्रतिशेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पत्तिमा प्रतिफल (आरओए) अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार